बृद्धको जलेर मृत्यु – Naya Bikalpa
May 19, 2024, Sunday

बृद्धको जलेर मृत्यु

दाङ । लमही नगरपालिका ९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन् ।

बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उहाँका नाति राजेन्द्र बोटेले बताए । मृतक वीर बहादुर बोटेको गोठबाट सल्किएको आगोले एक घर हुँदै भतिजा पर्ने हुकुम बहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले बताए ।

बिहिवार ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ७, ०८: ३३

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ७, ०८: ३३

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...

संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
संसद् भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
  • २०८१ बैशाख ७, ०८: ३३

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै शुक्रबार संसद् भवन अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गर्ने करिब ११ जनालाई...