प्रिमियर कपमा नेपालले युएईसँग भिँड्दै – Naya Bikalpa
May 19, 2024, Sunday

प्रिमियर कपमा नेपालले युएईसँग भिँड्दै

काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग भिँड्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई ३७ रन र कम्बोडियालाई ९ विकेटले हराएको थियो । ओमानसँग युएई ९ विकेटले हारेको थियो ।

नेपाल २०२२ फेब्रुअरीमा यही मैदानमा आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाललाई त्यस हारको बदला लिने राम्रो अवसर जुरेको छ ।

सम्बन्धित समाचार

कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
कोशीमा मन्त्रालय बाँडफाँटः कसलाई कुन ?
  • २०८१ बैशाख ७, १०: ४८

विराटनगर । लामो समयदेखि भागबण्डा नमिलेपछि विवादमा रहेको कोशी प्रदेश सरकारले अन्ततः मन्त्रालय बाँडफाँट टुंगिएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ६...

पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
पेस्तोलसहित काठमाडौंको कपनबाट १ जना पक्राउ
  • २०८१ बैशाख ७, १०: ४८

काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–११ कपनबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर...

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
  • २०८१ बैशाख ७, १०: ४८

काठमाडौं । मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको...