विश्वासको मत लिनै गठबन्धनलाई सकस – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

विश्वासको मत लिनै गठबन्धनलाई सकस

पोखरा । विश्वासको मत पाएको घोषणा गराउने मुख्यमन्त्री खगराज अधिकारीको प्रयास असफल भएको छ । असफल भएलगतै १० वैशाखमा अदालतले दिने निर्णयले सरकारको टुंगो लाग्ने भएको छ ।

माओवादी संसदीय दलकै सदस्य संख्या गणना गरेर २५ चैतमा अधिकारी मुख्यमन्त्री बनेपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए । अन्तरिम आदेश दिंदै सर्वोच्चले १० गते दुवै पक्षलाई बोलाएको छ ।

मुख्यमन्त्री अधिकारीले सर्वोच्चले निर्णय गर्नुअघि नै विश्वासको मत लिएर सरकार जोगाउन चाहेका थिए । तर प्रदेश सभाको बहुमत उनीसँग छैन । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ ।

उनीसँग एमालेका २२, माओवादीका सभामुख बाहेक ७ र एकीकृत समाजवादीका एक मात्र छन् । दुई सांसद भएको राप्रपालाई मनाउन सकेको भए उनले सहजै विश्वासको मत पाउने थिए ।

राप्रपाले सत्ता गठबन्धनलाई साथ नदिने निर्णय गरेको छ । गण्डकीको हकमा मुद्दा अदालतमा भएकाले फैसला नआउँदासम्म कसैले पनि सहयोगको अपेक्षा नराख्न राप्रपा संसदीय दल गण्डकीका नेता पञ्चाराम तमुले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ बैशाख ७, २२: २७

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ बैशाख ७, २२: २७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८१ बैशाख ७, २२: २७

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...