भक्तपुर । मोटरसाइकल दुुर्घट्नामा एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ आँउदै गरेको बा प्र ०२–०२५ प १४०१ नं को मोटरसाईकल चाँगुनारायण नगरपालिका –७ भद्रकालीमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुुर्घट्ना हिजो शनिवार भएको हो । मोटरसाईकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ७ खरिपाटी बस्ने वर्ष ४० का रामराज राईको मृत्यु भएको हो ।
गम्भिर घाईते राईलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल र चालक उदयपुर गाईघाट घर भई खरिपाटी बस्ने बर्ष २४ का अबिन कुमार सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...