सुशासन सिकाउने पार्टीका सभापति नै ठगीमा मुछिएकाले संसदीय समिति नबनेसम्म सदन चल्दैनः डा.शेखर – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
कांग्रेसबाहेक कसैले पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्नु भ्रम हो

सुशासन सिकाउने पार्टीका सभापति नै ठगीमा मुछिएकाले संसदीय समिति नबनेसम्म सदन चल्दैनः डा.शेखर

इलाम। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन्।

मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले सुशासन सिकाउने पार्टी र उसको सभापति नै सहकारी ठगिमा मुछिएकाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका हुन्।

उनले सुशासनको वाकालत गर्ने पार्टी र पार्टीका नेताहरु ठगी प्रकरणको छानबिन गर्न माग गर्दा किन डराएको भन्दै प्रश्न गरे।

‘रुख चिन्हमा मत हालेर डम्बर खड्कालाई यहाँबाट जिताएर पठाउँनोस् ईलाम –२ को बिकासको जिम्मा म लिन्छु’, डा. कोइरालाले भने।

नेता कोइरालाले कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको दाबी गदैए कांग्रेस सधै पहिचान, पहुँच र प्रतिनिधित्वको पक्षमा भएको बताए।

उनले कांग्रेस बाहेक कसैले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्छ भन्ने भ्रममा नपर्न अनुरोध गर्दै पहिचान चाहानेहरूलाई कांग्रेस उमेदवार खड्कालाई मत हाल्न आव्हान गरे।

“गत माघ ७ गते पहिचानवादी अग्रज नेताहरु बिराटनगर जानुभएको थियो, मैले उहाँहरुलाई पहिचानको मुद्दामा म सम्बेदनशिल रहेको र कांग्रेसले पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा आश्वस्त बनाएर पठाएको थिएँ ,“ उनले भने,“प्रदेश सरकारले पहिचानको मुद्दालाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको प्रदेश सरकारले समिति नै बनाएर काम गरिरहेको छ“, डा. कोइरालाले भने।

नेता कोइरालाले अन्य दलहरु आफ्नो दल र तिनका नेताभन्दा माथि उठ्न नसकेका र कांग्रेस भने आफू र आफ्नो पार्टीलाई भन्दा माथि राष्ट्र र जनता छन भन्ने कुरा लिएर हिंडेका उल्लेख गरे।

कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने, चियाबगानमा काम गर्ने श्रमिकहरुका लागि समान ज्याला र उनिहरुको हकहितका पक्षमा काम गर्ने प्रतिवद्धता जनाए।

चुलाचुलीमा कांग्रेसकै पहलमा छिटोभन्दा भन्दा छिटो मालपोत कार्यलय र नापी कार्यलय चुलाचुली आउने भन्दै उनले चुलाचुली वार्ड नं–६ को “साक्फारा सडक“ र सदरमुकाम जोड्ने “चुलाचुली–महमाई सडक“ निर्माण कार्य कांग्रेसकै पहलमा निर्वाचन लगत्तै सुरु हुने प्रतिवद्धता व्यक्त गरे।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ बैशाख ११, १७: ५१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ बैशाख ११, १७: ५१

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ बैशाख ११, १७: ५१

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...