वेस्ट इन्डिज ‘ए’ को टोली नेपाल आइपुग्यो – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

वेस्ट इन्डिज ‘ए’ को टोली नेपाल आइपुग्यो

काठमाडौं । दुई पटक एक दिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिज ‘ए’ को क्रिकेट टिम नेपाल आइपुगेको छ ।

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज टोली ‘ए’ ले नेपाली टोलीसँग टी–२० पाँचवटा खेलको सिरिज खेल्न नेपाल आइपुगेको हो ।

वेस्ट इन्डिजसँगको पाँचवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ ।

अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ । यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

वेष्ट इण्डिज अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ बैशाख १२, ११: ५२

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ बैशाख १२, ११: ५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ बैशाख १२, ११: ५२

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...