
पोखरा । पोखरामा शनिबार एसिया कप तथा साउथ एसियन च्याम्पियनसिप ट्रायथलन हुने भएको छ । नेपाल ट्रायथलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन संघको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो ।
च्याम्पियनसिपमा १७ देशका ३८ पुरुष र २४ महिला गरेर ६२ जना खेलाडी सहभागी हुँदैछन् । नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, जापान, भारत, लगायतका देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडी, प्राविधिक र अफिसियल पोखरा आइसकेको व्यवस्थापन कमिटी पोखराका संयोजक डिल्लीराज सुवेदी ‘शिशिर’ ले जानकारी दिए ।
शनिबार बिहान ७ बजेदेखि प्रतियोगिता सुरु हुनेछ । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा ७५० मिटर पौडी, २० किलोमिटर साइकिलङ र ५ किलोमिटर दौड हुनेछ ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...