काठमाडौं महानगरले देशभरका अशक्त बिरामीको निःशुल्क उपचार गर्ने – Naya Bikalpa
May 13, 2024, Monday

काठमाडौं महानगरले देशभरका अशक्त बिरामीको निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचार गर्ने भएको छ ।

नेपालका जुनसुकै स्थानीय तहको भएपनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

उक्त सुविधा लिनका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर काठमाडौं महानगरपालिकामा जानुपर्ने हुन्छ ।

महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने मेयर बालेनले जानकारी दिएका छन् ।
थप जानकारी लागि महानगरको स्वास्थ्य विभागको निःशुल्क हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न सकिने छ ।

महानगरको जनस्वास्थ्य ऐन, २०८० को दफा २८ अनुसार महानगरपालिका क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक अस्पतालले कुल शय्याको १० प्रतिशत विपन्न असहाय र बेवारिसे नागरिकको उपचारका लागि छुट्याउनुपर्ने उल्लेख छ ।

यस्तै व्यवस्था नेपाल सरकारको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) मा समेत उल्लेख छ ।

 

सम्बन्धित समाचार

संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
संसदीय छानबिन समिति बनाए कांग्रेसले गृहमन्त्री लामिछानेको राजिनामा नमाग्ने
  • २०८१ बैशाख १६, १६: १३

काठमाडौं। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गरे गृहमन्त्री रवी लामिछानेको राजीनामा नमाग्ने निष्कर्षमा पुगेको छ। एमाले...

अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’
  • २०८१ बैशाख १६, १६: १३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरुको पूर्वाग्रही र हचुवाको भरमा व्यक्ति विशेषबिरुद्ध मुद्धा चलाउने प्रबृत्ति बढेको खुलासा भएको छ।...

राष्ट्रसंघमा जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड ३४ लाख उठाउने श्रेष्ठ पक्राउ
राष्ट्रसंघमा जागिर लगाइदिने भन्दै १२४ जनाबाट ४ करोड ३४ लाख उठाउने श्रेष्ठ पक्राउ
  • २०८१ बैशाख १६, १६: १३

काठमाडौ । टर्कीको राष्ट्रसंघीय मिसन कार्यालयमा जागिर लगाउने प्रलोभन देखाएर एक सय २४ जनाबाट चार करोड रुपैयाँ बढी ठगी गर्ने...