काठमाडौं महानगरले आजदेखि सुरु गर्यो सिप मेला निःशुल्क तालिम – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

काठमाडौं महानगरले आजदेखि सुरु गर्यो सिप मेला निःशुल्क तालिम

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि एक महिनासम्म टुँडिखेलमा ‘सिप मेला– २०८१’ निःशुल्क तालिम आयोजना गरेको छ ।

‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सीपयुक्त बनाउन, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगार तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गर्न मेला सञ्चालन गरिएको हो ।

सिप मेलामा दुई हजार ८१ जनालाई उच्च माग भएका पेसासँग सम्बन्धित निःशुल्क तालिम पनि उपलब्ध गराइने महानगरले जनाएको छ । यसरी तालिम पाएका सबैलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको छ ।

रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघसंस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ भेला भएर सञ्चालन हुने तालिम नतिजाका लागि उत्कृष्ट भएको भएको महानगरले जनाएको छ ।

बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्तिबीच ठूलो खाडल छ । एकातिर रोजगारदाताले सीपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवामा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८१ बैशाख १९, ११: ५५

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ बैशाख १९, ११: ५५

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ बैशाख १९, ११: ५५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....