
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलका अनुसार अनुसन्धान भइरहेकाले उनीहरुको विवरण प्रहरीले गोप्य राखेको छ ।
चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।
चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।
चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ । सुरक्षा गार्ड नभएका कारण घटना थप शंकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...