
काठमाडौं । काठमाडौं उपत्यकाको वायुमण्डल बुधबार तुवाँलोले धुम्म छ । वायुको गुणस्तर अति अस्वस्थकर रहेकोले काठमाडौं विश्वकै पहिलो प्रदूषित सहर बनेको छ ।
वायु गुणस्तरको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरअनुसार बिहान १०ः४५ बजे कलंकी क्षेत्रको एक्यूआई २०४ पुगेको थियो ।
यो अंक ११ः४५ बजे १९१ युएस एक्यूआई छ । आईक्यू एयरका अनुसार काठमाडौं अहिले विश्वका १२२ प्रदूषित सहरको एक नम्बरमा छ ।
यो अंक विश्व स्वास्थ्य संगठनको मापदण्डमा ‘अति अस्वस्थकर’ हो । एक्यूआई १५० देखि २०० सम्म रहेको वायु अस्वस्थकर हुन्छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...