
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको १२ औं साधारण सभाले आयोजना गरेको कार्यक्रममा अग्रजलाई सम्मान र उत्कृष्ट कार्य गर्ने युवा पत्रकारहरुलाई पुरस्कृत गरेको छ ।
नेपाल पत्रकार महासंघले सहयोगीहरुलाई अभिनन्दन गर्दै ९ बुँदे घोषणा पत्र जारी गरी कार्यक्रम सम्पन्न गर्यो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ र धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले नेपाल पत्रकार महासंघ धनकुटाको १२ औं साधारण सभाको उद्घाटन गर्दै पत्रकारहरु समाजको ऐना भएको वताएका छन् ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यहरु अमर खड्का,सरिता वराईली,संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटका सभापति दिनेश राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष विजय सन्तोषी राई, प्रदेश सदस्य ध्रुव भट्टराई,सामुदायिक बन उपभोक्ता महासंघ धनकुटका अध्यक्ष निल वहादुर थापा,विश्रान्ती मन्दिरका महासचिव जर्नादन घिमिरे,समाजसेवी दोर्ण गुरागाई,नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष बिनोद घिमिरे लगायतले लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्रताको ग्यारेण्टी हुने वताए ।
कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ धनकुटका सचिव हरी वहादुर लम्जेलले गरे भने स्वागत मन्तव्य उपाध्यक्ष विदुर खवासले गरेका थिए ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको उक्त साधारण सभामा नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई,गोपाल प्रसाद अधिकारी,विजय सन्तोषी राई,महोन वान्तवा, खगेन्द्र घिमिरे,राजेश्वर वहादुर श्रेष्ठ,सल्लाहकाहरु सिद्धराज राई,केन्द्रिय सदस्य सरिता वराईली, रमेश चन्द्र अधिकारी,भेषराज कटेल,सन्तवीर लामा,स्मिता निरौला, सन्तोष रुचाललाई धनकुटाको पत्रकारीताको विकासमा महत्वपूर्ण योगदान दिएकोले सम्मान गरिएको थियो ।

यसैगरी धनकुटामा रहेर पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पत्रकारहरु कान्तिपुरकर्मी रमेशचन्द्र अधिकारी, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र धनकुटाका सम्पादन अधिकृत सुखकला राई र गोरखा पत्रका सम्वाददाता कविराज घिमिरेलाई यस बर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
पत्रकार महासंघ धनकुटालाई सहयोग गर्नुहुने वरिष्ठ समाजसेवीहरु दोर्ण गुरागाई,रामान्द प्रसाद रामा,पृतुराम राई,भोगेन्द्र राई लगायत विभिन्न संघ संस्था तथा कार्यालयहरुलाई सम्मान गरिएको थियो ।
सम्म्मान तथा पुरस्कार धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाग , धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,पत्रकार महासंघका केन्द्रिय सदस्यहरु अमर खड्का,सरिता वराईली ,अध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्ष विजय सन्तोषी राईले प्रदान गरेका थिए ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको उक्त साधारण सभाले ९ बुँदे धनकुटा घोषणा पत्र जारी गर्नुका साथै सचिव हरी वहादुर लम्जेलले प्रस्तुत गरेका थिए सांगठानिक र भावी कार्यक्रम सहितको प्रतिवेदन र कोषाध्यक्ष रविन कटेलले प्रस्तुत गर्नुका साथै आर्थिक प्रतिवेदन समेत पारित गरेका थिए ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...