काठमाडौं। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले लोकसभा निर्वाचनको सम्मुखमा नेपालका पाँच राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन्।
भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेताहरु नयाँदिल्ली गएका हुन्।
कांग्रेसका उदयशम्शेर राणा, एमालेका विष्णु रिमाल, माओवादी केन्द्रका मातृका यादव, रास्वपाका शिशिर खनाल दिल्ली गएका हुन्।
मे १ देखि सुरु भएको सो कार्यक्रमका लागि भाजपाले नेपालसहित १० देशका १८ राजनीतिक दलका नेताहरुलाई नयाँ दिल्ली बोलाएको हो।
्भाजपाले अष्ट्रेलिया, भियतनाम, बंगलादेश, इजरायल, युगाण्डा, तान्जानिया, रुस, श्रीलंका र मोरिससका राजनीतिक दलका नेताहरुलाई पनि निम्तो दिएको छ।
उनीहरुले १ मेमा भाजपाका अध्यक्ष जेपी नड्डासँग भाजपाको केन्द्रीय कार्यालयमा भेटवार्ता गरेका थिए। उनीहरुले भारतीय विदेशमन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी वैष्णवलाई भेटेर चुनावी रणनीति र समग्री चुनावी परिक्रियाबारे छलफल गरेको बुझिएको छ।
भाजपाको विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले पठाएको निम्तो पत्रमा भाजपाको ४३औं स्थापना दिवसको अवसरमा ‘भाजपा बुझौं’ कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...