
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको बताएकी छिन् ।
उनले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चार सम्बन्धी कानुन निर्माण र पुनरावलोकनको काम भइरहेको जानकारी दिइन् ।
शुक्रबार राजधानीमा विश्व प्रेस स्वतन्त्रता दिवस तथा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले सञ्चार सम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको प्रत्यक्ष संलग्नता र राय सुझावका आधारमा कानुन मस्यौदा बनाउन काम भइरहेको जिकिर गरिन् ।
‘सरोकारवाला र जनताका सुझाव समेत लिएर कानुन निर्माण गर्ने कामलाई सरकारले प्राथमिकता दिएको छ । मिडिया काउन्सिल विधेयक संसद्मा पेस गरिएको छ । आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्मा पेस हुनेछ’, मन्त्री शर्माले जानकारी दिँदै भनिन्, ‘त्यस्तै सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको विधेयक चाँडै मन्त्रिपरिषद्मा लैजाने तयारी गरिएको छ ।’
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...