
जनकपुरधाम । भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ ।
भारत बिहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलबार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र शनिबार रातिदेखि तीन दिनका लागि सिल हुँदा रेल सेवा बन्द गरिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।
आइतबारदेखि मंगलवार सम्म ३ दिनका लागि भंगहा–जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा दुवै पक्षको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णय अनुसार रेल सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...