
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनसंख्या साक्षरता पुस्तक आइतबार सार्वजनिक गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गर्दै कार्यालयले राष्ट्रिय जनगणना, २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचक सार्वजनिक गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको विवरणानुसार, वाग्मती प्रदेशमा सबैभन्दा बढी ६१ लाख २० हजार जनसंख्या छ । दोस्रोमा मधेस प्रदेशको जनसंख्या ६१ लाख १० हजार छ ।
लुम्बिनी प्रदेशमा ५१ लाख २० हजार, कोसी प्रदेशमा ४९ लाख ६० हजार, सुदूरपश्चिम प्रदेशमा २६ लाख ९० हजार, गण्डकी प्रदेशमा २४ लाख ७० हजार र कर्णाली प्रदेशमा १६ लाख ९० हजार जनसंख्या छ ।
लुम्बिनी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर सबैभन्दा बढी १.२४ प्रतिशत छ । दोस्रोमा मधेस प्रदेशमा १.१९ प्रतिशत छ ।
वाग्मतीमा ०.९७, कोसीमा ०.८६, कर्णालीमा ०.७० र सुदूरपश्चिममा ०.५२ प्रतिशत छ । सबैभन्दा कम वार्षिक जन्मदर गण्डकीमा ०.२५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...