
धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन आनाकानी गरेपछि यो प्रदेशमा सत्ता गठबन्धनको सरकार विश्वासको मत नलिँदै एकै महिनामा ढल्न आँटेको छ ।
मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेको थिए तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका थिए ।
तर एमाले नेताहरुले आफूहरु सल्लाह गर्न राजधानी काठमाडौं जाने भनेपछि शनिबार पनि विश्वासको मत लिने कार्यक्रम स्थगित भएको हो । शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं पुगेका छन् ।
श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं गएका एमाले संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गइरहेको बताएका थिए । एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।
एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
त्यसअघि सोडारीले २ वैशाखमा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए तर एमाले, माओवादीको समर्थनमा नाउपाका कैलाश चौधरीले पनि दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक आह्वान गरेपछि सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएर आफूले दाबी गरेका थिए ।
(नयाँ विकल्प साप्ताहिक बाट)
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...