असोकको अध्यक्षतामा ‘जनता समाजबादी पार्टी’ दर्ता, ८ सांसद र २ मन्त्रीसहित ३० नेता – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper
उपप्रधानमन्त्री उपेन्द्रललाई झड्काः बीरगंजका मेयरले पनि जसपा नेपाल छाडे

असोकको अध्यक्षतामा ‘जनता समाजबादी पार्टी’ दर्ता, ८ सांसद र २ मन्त्रीसहित ३० नेता

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गर्दै सांसद तथा पार्टीका बरिष्ठ नेता अशोक राईले आफ्नै नेतृत्वमा गठन गरेको ‘जनता समाजवादी पार्टी’लाई निर्वाचन आयोगले मान्यता दिएको छ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले नयाँ दलका रुपमा जनता समाजबादी पार्टीलाई दर्ता गर्ने निर्णय भएको जानकारी दिए।

राईसहित प्रतिनिधि सभाका आठ जना सांसदले दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार नै दलले मान्यता पाएको पाण्डेले बताएका छन्।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको उनले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ र प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा दल दर्ता गरिएको पाण्डेको भनाइ छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपधारा (२) मा कुनै दलको केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाउन सक्ने र त्यसो गर्दा साविकको दलको नियन्त्रण नरहने व्यवस्था छ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव संयुक्त राज्य अमेरिका भ्रमणमा रहेको बेला उनको दललाई पार्टीका बरिष्ठ नेता असोक राईले विभाजित गरेका हुन्।

नेता राईले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदनमा ‘जसपा’को पदाधिकारी र केन्द्रीय समितिमा पदाधिकारीसहित ३० जना सदस्यको नाम उल्लेख गरिएको छ।

राई नेतृत्वको पार्टीमा जसपा नेपालका सबैजसो प्रभावशाली नेताहरु समावेस छन् । उपेन्द्र यादवसँग सांसद तथा संसदको परराष्ट्र एवम् पर्यटन समिति सभापति राजकिशोर यादव, समानुपातिक सांसद रेखा यादव र प्रकाश अधिकारी गरी ४ जना मात्र सांसद छन्।

जसपा नेपालका वाँकी आठजना सांसदले असोक राईलाई साथ र समर्थन दिएका छन् । यसरी राईलाई साथ दिने प्रतिनिधि सभाका आठ सांसदमध्ये पार्टी उपाध्यक्षको जिम्मेवारी लिएका नवलकिशोर साह सुडी सरकारको बन तथा वातावरण मन्त्री हुन्।

त्यस्तै, संघीय सरकारमा बन तथा वातावरण राज्य मन्त्री बनेका दिपक कार्कीलाई नयाँ दल जसपामा सचिवमा जिम्मेवारी दिइएको छ।

सांसद सुशीला श्रेष्ठलाई उपाध्यक्ष र सांसद प्रदीप यादवलाई उपसचिवको जिम्मेवारी दिइएको छ। सांसद रञ्जुकुमारी झालाई सचिव र सांसद डा. बीरेन्द्र महतोलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।

पार्टीको संघीय परिषद्को अध्यक्षमा जसपा नेपालमा हुँदा सहअध्यक्ष रहेका राजेन्द्र श्रेष्ठ चयन भएका छन्। केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रियाशिल हुने बताइएको छ,जुन पदमा असोक राई छन्।

त्यस्तै, जसपा नेपालकी प्रभावशाली उपाध्यक्ष नेतृ रेणु यादव जसपाको सहअध्यक्षमा चयन भएकी छन् भने मन्त्री सुडी, सांसद श्रेष्ठसहित रणध्वज लिम्बु र परशुराम बस्नेत गरी चार जना उपाध्यक्ष रहेका छन्।

महासचिवमा पश्चिम मधेशमा प्रभाव जमाएका मोहम्मद इस्तियाक राई चयन भएका छन्। जसपाले जितेको एक मात्र महानगर बीरगञ्जका मेयर राजेशमान सिंहले समेत उपेन्द्र यादवको साथ छाडेका छन्।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन्।

असोक राईलाई आङ्काजी शेर्पादेखि मोहनलाल चौधरी, राधा तिम्सिना, प्रमोद गुप्ता, नानु धामी, पिंकीदेवी यादव, शोभा बज्राचार्य, सिमा सिंह, कृष्णबहादुर धजुले पनि साथ दिएका छन्।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २४, १८: २९

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २४, १८: २९

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २४, १८: २९

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...