
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले ‘मेक इन नेपाल’ स्वदेशी अभियान नेपाली जनताको समृद्धिको आकांक्षा पुरा गर्न यो अभियानलाई आगामी वर्षको आर्थिक बजेटमा समेट्नु पर्ने बताएका छन् ।
आज परिसंघले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यो अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालाहरुलाई झक्झकाइरहेको बताएका हुन् ।
‘मेक इन नेपाल’ अभियानमा १ सय ३५ स्वदेशी उद्योगहरू आबद्ध भइसकेका छन् । स्वदेशी अभियानका सदस्य कम्पनीहरूले आफ्ना वस्तुहरूमा निश्चित मापदण्ड र प्रक्रिया सहितको स्वदेशी लोगो गैँडा अङ्कित लोगो प्रयोग गरिरहेका छन् ।
स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, उत्पादनको प्रवर्द्धन गर्ने लगायतका काममा परिसंघले सहयोग गर्दै आइरहेको छ ।
अग्रवालले ‘चालू आर्थिक वर्षको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भएपनि नेपाली वस्तु उपभोग गर्नुपर्ने प्रावधान कायम गरिएतापनि हालसम्म सो व्यवस्था लागू हुन सकेको छैन ।’आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनु पर्छ समेत उनले बताए ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...