राई नेतृत्वको जसपाका जनप्रतिनिधिलाई सनाखत गर्न आयोगद्वारा २१ दिने सूचना – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

राई नेतृत्वको जसपाका जनप्रतिनिधिलाई सनाखत गर्न आयोगद्वारा २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ ।

आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टीको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिन( जेठ १३) गते भित्र सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्रको साथमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो ।

आयोग समक्ष उपस्थित भएर उनीहरुले आफु जसपा नेपाल वा जसपामा रहेको स्पष्ट गर्नुपर्ने भएको छ । आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम आयोगको मिति २०८१।०१।२४ गते जनता समाजवादी नेपाल दलबाट टुक्रिएको नयाँ दललाई जनता समाजवादी पार्टीको मान्यता दिएको थियो ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २५, १२: ५४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २५, १२: ५४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २५, १२: ५४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...