सभामुखले बोलाएको बैठक बन्यो निष्कर्षविहीन – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

सभामुखले बोलाएको बैठक बन्यो निष्कर्षविहीन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान कायमै रहेको छ ।

मंगलबार सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने पुरानै माग दोहोर्‍याएको हो ।

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले भने छानबिन समिति आवश्यक नभएको बताएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछाने माथि उठेका प्रश्नको जवाफ संसदमा दिनुपर्ने मत राखेका थिए ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘संसदीय छानबिनको माग राखेका छौं । आशा छ, आगामी अधिवेशनमा प्रस्तुत हुँदा सरकारले सम्बोधन गर्छ ।अरु विषयमा कुरा गर्ने, उपप्रधान तथा गृहमन्त्रीमाथि प्रश्न उठ्दा छानबिन नगर्ने? त्यसैले हामीले संसदीय छानबिन समितिको कुरा राखेका छौं’, उनले भने ।

कांग्रेस प्रमुख सचेतक लेखकले अगाडि भने,‘आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहनुका साथै सदन चल्ने नचल्ने यसमा सरकार कसरी प्रस्तुत हुन्छ भन्नेमा भर पर्छ । हामीले सरकारकाप्रति अविश्वास गरेका छैनौं । कोही नेता कानून भन्दामाथि छ भन्ने सोच बनाउँदैन । प्रश्न उठेपछि सरकार आफैले छानबिन गर्नुपर्छ भन्ने पक्षमा पुग्छ ।’

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित दोस्रो तहका नेताहरु सहभागी थिए ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २५, १५: २४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २५, १५: २४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २५, १५: २४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...