सिप मेलामा मोबाइल रिपेयरिङको माग बढि – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

सिप मेलामा मोबाइल रिपेयरिङको माग बढि

काठमाडौं । काठमाडौं महानगरले आयोजना गरेको सिप मेलामा १० विधाका ३० वटा पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् ।

२९ वटा पेसा राखिएकोमा मोबाइल रिपेयरिङको अत्यधिक माग आएपछि यो पेसा थप गरिएको हो । यस्तै टेलरिङ (ड्रेस मेकिङ)मा संख्या धेरै भएपछि कक्षा थप गरिएको छ ।

सिप सिकेर स्वदेशमा काम गर्छु, नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न आवश्यक रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।

मंगलबार बिहान सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षणका क्रममा डंगोलले उक्त कुरा बताएकी हुन् ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरू देवेन्द्र केसी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए ।

त्यस क्रममा प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्दै उपप्रमुख डंगोलले अपेक्षाका बारेमा जानकारी लिएकी थिइन । प्रशिक्षार्थीहरूले सिप विकासका विशिष्ट कक्षाहरूको अवसरको अपेक्षा राखेका थिए ।

 

सम्बन्धित समाचार

नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • २०८१ बैशाख २५, १६: २२

काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ...

वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
वैशाख पूर्णिमाः बुद्धको जन्म, ज्ञान र महापरिनिर्वाणसँग जोडिएको ऐतिहासिक दिन
  • २०८१ बैशाख २५, १६: २२

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान्...

कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?
  • २०८१ बैशाख २५, १६: २२

काठमाडौँ। हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेगनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा...