वातावरणीय र सहरी व्यवस्थापनका कोणबाट महानगरले अध्ययन गर्दै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

वातावरणीय र सहरी व्यवस्थापनका कोणबाट महानगरले अध्ययन गर्दै

काठमाडौं । रातको समयमा सहरको सजावटका लागि काठमाडौं महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापन लगायत कोणबाट अध्ययन हुने भएको छ ।

आज उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले, यसरी राखिएका बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो असर पार्छ? रुखमा वा बिजुलीका पोलमा बेरेर राखिने बत्तीका तारहरुले रुखलाई असर पार्छ कि पार्दैन, पार्छ भने कस्तो असर पार्ला? विषयमा छलफल गर्दै सामाजिक तथा व्यावसायिक जीवन, पर्यावरण र जैविक विविधता, स्वास्थ्य र सहजता जस्ता पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।

वैठकमा समितिका सदस्यसहित कानुन तथा मानव अधिकार विभाग, राजस्व विभाग, वातावरण व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, महानगर प्रहरी बल, योजना अनुगमन तथा मूल्याङ्कन एकाइ, पार्क तथा हरियाली परियोजनाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए ।

 

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २५, १६: ४२

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २५, १६: ४२

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २५, १६: ४२

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...