भोलिदेखि ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

भोलिदेखि ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदैछ । मह उत्पादक किसानलाई बजारसम्म जोड्ने मुख्य उद्देश्यले सो मेला आयोजना हुन लागेको हो ।

वैशाख २६ देखि ३० गतेसम्म पाँचदिने सो मेलामा भीर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री हुने छ । साथै मौरी र मह सम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी दिइने छ ।

सो मेला मार्फत उपभोक्ताले महको किसिमहरूबारे जानकारी दिनुको साथै मह काढ्ने तरिका, विशेषता थाहा पाउन सकिने छ । मौरी, मौरीपालनका प्रविधि समेत प्रदर्शनी हुनेछ ।

मुलुकभर झण्डै ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूको प्रतिनिधित्व यस मेलाले गर्ने नेपाल मौरी पालक महासंघका अध्यक्ष सुवासचन्द्र घिमिरेले बताए ।

‘मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरूलाई एउटै छानामुनी भेट्न सकिने छ,’ उनले भने, ‘स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबिचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको हो ।’

सो प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८१ बैशाख २५, १७: २२

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८१ बैशाख २५, १७: २२

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २५, १७: २२

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...