काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । काठमाडौं लगाएत देशभरका मातातीर्थ कुण्डमा बिहानै देखि स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।
आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूल–प्रसाद चढाउँछन् ।
मातातीर्थमा स्नान गर्नाले छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
आमाको मुख हेर्ने दिनलाई आमा खुवाउने औंसी वा मातृ दिवस पनि भन्ने गरिन्छ । यस दिन आफ्नो क्षमता अनुसार छोराछोरीले आमालाई मनपर्ने खानेकुरा खान दिने, वस्त्र लगायतका उपहार दिने र आशीर्वाद लिने चलन छ ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...