
काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । काठमाडौं लगाएत देशभरका मातातीर्थ कुण्डमा बिहानै देखि स्नान तथा दर्शन गर्नेहरुको घुइँचो लागेको छ ।
आमा नभएकाहरु औंसीको अघिल्लो दिन नै मातातीर्थमा गएर आमाको सम्झनामा बत्ती बाल्ने, जाग्राम बस्ने र बिहानै कुण्डमा स्नान गरी तर्पण दिने गर्दछन् । श्रद्धालुले त्यहाँ रहेको आमाको प्रतिमाको दर्शन गरी फूल–प्रसाद चढाउँछन् ।
मातातीर्थमा स्नान गर्नाले छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रही आएको छ । यही विश्वासका साथ हरेक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान प्रकट गर्नेहरुको मातातीर्थमा घुइँचो लाग्दछ । मातातीर्थ मेलाको अवसरमा आज चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
आमाको मुख हेर्ने दिनलाई आमा खुवाउने औंसी वा मातृ दिवस पनि भन्ने गरिन्छ । यस दिन आफ्नो क्षमता अनुसार छोराछोरीले आमालाई मनपर्ने खानेकुरा खान दिने, वस्त्र लगायतका उपहार दिने र आशीर्वाद लिने चलन छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...