
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई दोस्रो पटक पत्र पठाएका छन् ।
यसअघि गत २६ चैतको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन आगामी ११ जेठमा आह्वान गर्ने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै मुख्यमन्त्री कार्कीले बुधबार दोस्रो पटक अर्को पत्र पठाएका हुन् ।
प्रिबजेट छलफल लगायत महत्वपूर्ण विषयमा छलफल गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउने मन्त्रिपरिषदको निर्णय भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई पत्र पठाएका हुन् ।

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...