
काठमाडौं । नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।
भक्तपुरको भक्तपुर नगरपालिका–४ काहालान्च घर भई एक निजी विद्यालयमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् ।
पक्राउ परेका शिक्षकले नाबालिकाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर डाउनलोड गरेर अश्लिल तस्बिरमा नाबालिकाको फोटो जोडी नक्कली फेसबुक आइडी बनाएको खुलेको केन्द्रीय साइबर ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए ।
२४ गते पक्राउ परेका शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...