कोशीका मुख्यमन्त्री कार्की नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

कोशीका मुख्यमन्त्री कार्की नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै

 

विराटनगर । नेपालको संविधान अनुसार बुधबार राति  कोशी प्रदेशका प्रदेश प्रमुखले धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।

सरकारका मुख्यमन्त्री केदार कार्की भने प्रदेश प्रमुखको कदम संविधानविपरीत भएको दाबीसहित यसलाई बदर गराउन माग गर्दै आजै सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् ।

एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको मुख्यमन्त्री कार्कीले बताए ।

‘प्रदेश प्रमुखबाट असंवैधानिक कदमले प्यारालल सरकार बनाउन नपाइने र संविधान अनुसार आफूले विश्वासको मत लिएको बताउँदै मुख्यमन्त्री कार्कीले, ‘प्रदेश प्रमुखको आह्वान विरुद्ध आजै रिट दायर हुन्छ ।’ उनले सर्वोच्चमा प्रदेश प्रमुखको आह्वान खारेजी र उपधारा ५ अनुसारको सरकार भएकाले आफ्नो नेतृत्वको सरकारको निरन्तरताको माग गर्ने बताएका छन् ।

एमाले दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आजै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्त गर्ने तयारी छ । सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका मुख्यमन्त्री कार्कीले केही दिनअघि देखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए ।

 

 

सम्बन्धित समाचार

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८१ बैशाख २७, ११: ५४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८१ बैशाख २७, ११: ५४

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८१ बैशाख २७, ११: ५४

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...