विराटनगर । नेपालको संविधान अनुसार बुधबार राति कोशी प्रदेशका प्रदेश प्रमुखले धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् ।
सरकारका मुख्यमन्त्री केदार कार्की भने प्रदेश प्रमुखको कदम संविधानविपरीत भएको दाबीसहित यसलाई बदर गराउन माग गर्दै आजै सर्वोच्च अदालतमा रिट दायर गर्न काठमाडौं पुगिसकेका छन् ।
एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च अदालत जान लागेको मुख्यमन्त्री कार्कीले बताए ।
‘प्रदेश प्रमुखबाट असंवैधानिक कदमले प्यारालल सरकार बनाउन नपाइने र संविधान अनुसार आफूले विश्वासको मत लिएको बताउँदै मुख्यमन्त्री कार्कीले, ‘प्रदेश प्रमुखको आह्वान विरुद्ध आजै रिट दायर हुन्छ ।’ उनले सर्वोच्चमा प्रदेश प्रमुखको आह्वान खारेजी र उपधारा ५ अनुसारको सरकार भएकाले आफ्नो नेतृत्वको सरकारको निरन्तरताको माग गर्ने बताएका छन् ।
एमाले दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आजै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्त गर्ने तयारी छ । सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका मुख्यमन्त्री कार्कीले केही दिनअघि देखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए ।
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ...
ख्वप : प्रदेशस्तरीय अस्पतालमध्ये च्वन्ह्याःगु घोषित जूगु ख्वप अस्पतालय् शुक्रबाः मन्त्री व स्वास्थ्य सचिवलिसेंया टोलीं अनुगमन याःगु दु । बागमती...
तानसेन : उपप्रधानमन्त्री नापं सहरी विकासमन्त्री प्रकाशमान सिंहं देय्यात सङ्कटं बचे यायेत नेपाली कांग्रेस व नेपाल कम्युनिष्ट पार्टी (एमालें) गठबन्धन...