सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन – Naya Bikalpa
January 24, 2025, Friday

सहकारी पीडितलाई न्याय दिन माग गर्दै महिला संघद्वारा प्रदर्शन

काठमाडौं। नेपाल महिला संघले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवी लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै विरोध प्रदर्शन गरेको छ।

नेपाली कांग्रेसले संघीय संसदका दुबै सदनमा गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसदको नियमित कारबाही अबरुद्ध गरिरहेको बेला उसको भ्रातृ संस्थाले भने सडकबाटै छानबिन समिति गठनको माग गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई संसद भवन नयाँवानेश्वरमा संवोधन गरिरहँदा कांग्रेसले सदन अवरोध नगरे पनि उसका भ्रातृ संस्था नेपाल महिला संघले भने सडकमा जुलुस निकालेर आन्दोलनको संकेत गरेको छ।

नेपाल महिला संघले मंगलबार शान्तिवाटिकामा विरोध प्रदर्शन गरेको छ । जहाँ कांग्रेसका भातृ संस्थाहरू नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलका कार्यकर्ताहरुले साथ दिएका थिए।

नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छन्।

महिला संघ अध्यक्ष मिश्रले मंगलबार एक विज्ञप्ति जारी गर्दै सहकारीका समस्यालाई दीगो रुपमा समाधान गर्न, पीडितहरुलाई न्याय दिलाउन र सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई कानुनको दायरामा ल्याउन संसदीय छानविन समितिको माग गरेकी छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
काठमाडौँ उपत्यकाको तापक्रम क्रमशः बढ्दो
  • २०८१ जेष्ठ १, २१: १४

काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

बाँध मर्मतको काम अन्तिम चरणमा
बाँध मर्मतको काम अन्तिम चरणमा
  • २०८१ जेष्ठ १, २१: १४

राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...

महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
  • २०८१ जेष्ठ १, २१: १४

काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...