ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ – Naya Bikalpa
February 9, 2025, Sunday

ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टी स्टेट नीतिगत भ्रष्टाचार’विरुद्ध सडकमा खबरदारी ¥याली गरेको छ।

नेविसं त्रिचन्द्र बहुमुखी क्याम्पसले बुधबार बिहान खबरदारी ¥याली गरेको हो। गिरबन्धु टि स्टेटको जग्गा सट्टाभर्ना गर्ने केपी ओली नेतृत्व सरकारको निर्णलाई सर्वोच्चले खारेज गरेपछि सो नीतिगत भ्रष्टाचारको समेत छानबिन हुनु पर्ने नेविसंघले माग गरेको हो।

कांग्रेसले गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै संघीय संसदका दुबै सदन अबरुद्ध गरिरहेको बेलो उसका भ्रातृ संस्थाहरु भने सडक संघर्षमा उत्रिएका हुन्।

कांग्रेसले लाखौँ नेपाली नागरिक पीडित बनेको सहकारी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई दबाब दिइरहँदा नीतिगत भ्रष्टाचारमा संलग्न तत्कालीन प्रधानमन्त्री तथा हाल एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन्।

 

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ जेष्ठ २, १५: २३

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ जेष्ठ २, १५: २३

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ जेष्ठ २, १५: २३

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...