काठमाडौं। यस वर्षको मिस नेपाल पिसको उपाधि विधी लम्सालले हात पारेकी छन्।
नेक्स्ट मोडल्स नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रतियगोगी नम्बर १९ की लाम्सालले सो उपाधि पाएकी हुन्।
काभ्रेपलाञ्चोककी लाम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छिन्।
प्रतियोगितामा अनिसा पराजुली फस्ट रनर–अप भएकी छिन् भने पला रेग्मी सेकेन्ड रनर–अप भएकी छिन्।
मोनिका थापा मगरले स्पेसल अवार्ड नर्स विथ व प्रपोज, मस्ट फोटोजेनिक र बेस्ट स्किनको टाइटल सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरीले जितेकी छिन्। प्रतियोगितामा २४ जना प्रतिस्पर्धी थिए।
प्रतियोगितामा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा. सुवास आचार्य, डा. सुजिता हिराचन, डा. स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक मण्डलमा थिए।
काठमाडौं : हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...
राैतहट : राजदेवी नगरपालिकास्थित बागमती नदीमा भत्केको बाँध मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका प्रमुख भिखारी यादव,...
काभ्रे : काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित...