छानबिन समिति कार्यदलमा टिओआरमा जुटेन सहमतिः दुवै सदनको बैठक सर्यो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

छानबिन समिति कार्यदलमा टिओआरमा जुटेन सहमतिः दुवै सदनको बैठक सर्यो

काठमाडौं। सत्तारुढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिको नाम तोकेर संसदीय छानबिन समिति गठन गर्न नसकिने भन्दै अड्डी सहकारी ठगी प्रकरण छानबिन गर्न गठित संसदीय समितिको क्षेत्राधिकार (टिओआर)मा बिबाद भएको छ।

टिओआरमा सहमति हुन नसकेपछि संसदमा प्रतिनिधित्व गर्ने अधिकांस प्रतिपक्षी दलहरुको आग्रहमा प्रतिनिधि सभा र राष्ट्रियसभाका दुबै सदनको बैठक सरेका छन्।

प्रतिनिधिसभाको विहान ११ बजे बोलाइएको बैठक २ बजे बस्ने गरी सूचना टाँसिएको छ। यस्तै सवा १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सवा ३ बजेसम्मका लागि सारिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठकमा सदस्यहरुबीच सहमति नभएको बुझिएको छ।

बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ। शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवनबहादुर परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन्। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी भएका छन्।

कार्यदलमा छानबिनको दायरा बारे विवाद भएको छ। रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य विपक्षी दलहरुले भने गृहमन्त्री रबी लामिछानेको नाम तोकेर नै संसदीय छानबिन समिति गठन गर्नु पर्ने माग गर्दै आएका छन्।

कार्यदलमा सहमति नभएकाले विपक्षी दलहरुको आग्रह बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनको बैठक अनिश्चित भएका छन्।

छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षी दलहरुले आग्रह गरेपछि विपक्षी बैठकपछि निर्णय सुनाउन ज्ञाबहादुर शाही सभामुखको कार्यकक्षमा गएका थिए।

यस्तो छ संसद सचिवालयका महासचिवद्वारा जारी संसद वैठक स्थगित वारेका दुई सूचना –

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ जेष्ठ ६, १४: ४०

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ जेष्ठ ६, १४: ४०

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ जेष्ठ ६, १४: ४०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...