मदन भण्डारी ट्रमा सेन्टरका डाक्टरमाथि हातपात भएपछि स्वास्थ्यकर्मी आन्दोलित – Naya Bikalpa
June 19, 2024, Wednesday

मदन भण्डारी ट्रमा सेन्टरका डाक्टरमाथि हातपात भएपछि स्वास्थ्यकर्मी आन्दोलित

उर्लाबारी। मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाहीको माग स्वास्थ्यकर्मीले गर्दै उनीहरूले ओपीडीसमेत बन्द गरेका छन्। उनीहरूले शान्ति सुरक्षाका लागि अस्पतालमा प्रहरी बिट राख्न पनि माग गरेका छन् ।

गत जेठ ३ गते मेडिकल अधिकृत डा.ब्रोमिस बुढाथोकी र जेठ ७ गते डा.अनिलकुमार यादवमाथि अस्पतालभित्र हातपात भएको थियो। त्यसको विरोधमा मंगलबार स्वास्थ्यकर्मी र कर्मचारीले एक घण्टा ओपीडी बन्द गरी कालोपट्टी बाँधेर काम गरेका थिए।

घटनामा संलग्नमाथि कारबाही नभएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीलेहरुले माग पूरा नभएसम्म आजदेखि अनिश्चितकालीन ओेपीडी सेवा बन्द गरेका हुन्।

 

सम्बन्धित समाचार

मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
मन्त्रिपरिषद्को निर्णय बमोजिम दर्ता भएका क्रसर उद्योगको नविकरण गर्न सांसद खानको माग
  • २०८१ जेष्ठ ९, १३: १८

काठमाडौं। जनमत पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अब्दुल खानले क्रसर उद्योगीले राखेको जायज माग पुरा गर्नु पर्ने माग गरेका...

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८१ जेष्ठ ९, १३: १८

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८१ जेष्ठ ९, १३: १८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...