‘सभापति दोषी देखिए अरुले राजनीति छाड्ने? हामी त छाड्दैनौं, के यो सति प्रथा हो?’ – Naya Bikalpa
February 9, 2025, Sunday

‘सभापति दोषी देखिए अरुले राजनीति छाड्ने? हामी त छाड्दैनौं, के यो सति प्रथा हो?’

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले लामिछाने दोषी देखिए आफूहरुले राजनीति छाड्ने भनी दिएको अभिव्यक्ति सति प्रथाको झल्को दिने गरी आएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिषरमा संचारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस महामन्त्री समेत रहेका सांसद शर्माले रास्वपातर्फ संकेत गर्दै भने ‘केही साथीहरुलाई के परेको छ भने हाम्रो सभापतिले केही गडबड गर्नुभएको छैन। उहाँ दोषी देखिए उहाँसहित हामी पनि छाड्छौं तर हामी त छोड्दैनौं, यो सतिप्रथा हो र?’

सांसद शर्माले जो दोषी हो, उ नै जेल जाने भन्दै संसारमा कहीँ नभएको कानुन नेपालमा नहुने बताए। उनले वर्तमान सत्ता गठबन्धनलाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएका छन्।

सहकारी प्रकरणमा एमालेले रास्वपालाई र गिरीबन्धु टि स्टेट प्रकरणमा रास्वपाले एमालेलाई साथ दिएकाले वर्तमान सरकार सहकारीबन्धु गठबन्धन भएको उनले बताए।

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हामीमाथि आरोप लगाउनु भएको होइन, कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खायो भनेर? छानबिन समिति त्यसमा पनि बनाऔं’, शर्माले भने।

गृहमन्त्री रवी लामिछानेले संसद्मा बोल्दा आरोप लगाइएका कांग्रेस नेताहरूमाथि छानबिन गर्न आफूहरु तयार रहेको शर्माले जनाए।

‘कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि महामन्त्रीमाथि? दाजुमाथि हो कि भाउजूमाथि? प्रत्येकमाथि छानबिन गर्नुस्’ उनले भने, ‘नाम, थर गोत्र लेख्नुस्। माइतीपट्टी पनि लेख्नुस्, ससुराली पनि लेख्नुस्। हाम्रो आपत्ति छैन’ शर्माले चुनौति दिँदै भने।

०४६ साल पछाडि सरकारमा गएकामाथि छानबिन गर्न माग गर्दै कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरूले संसद्मै प्रस्ताव दर्ता गरेको स्मरण गर्दै शर्माले भने ‘कांग्रेसको प्रत्येकमाथि छानबिन गर्न माग गर्न म उभिएको छु। छानबिन गर्दा कोही दोषी देखियो भने उहाँ जेल जानुहुन्छ ।’

 

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ जेष्ठ ११, १३: ४३

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ जेष्ठ ११, १३: ४३

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ जेष्ठ ११, १३: ४३

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...