काठमाडौं। इजरायली सेनाले हमासले अपहरण गरेका थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ।
दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूसँगै रहेको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएको छ।
मृत्युको पुष्टि भएकामा बेलायती–इजरायली ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् ।
आईडीएफले उनीहरुको परिवारलाई जानकारी गराएको बीबीसीले जनाएको छ। गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चार जनालाई बन्धक बनाइएको थियो।
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...