
काठमाडौं। इजरायली सेनाले हमासले अपहरण गरेका थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ।
दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूसँगै रहेको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएको छ।
मृत्युको पुष्टि भएकामा बेलायती–इजरायली ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् ।
आईडीएफले उनीहरुको परिवारलाई जानकारी गराएको बीबीसीले जनाएको छ। गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चार जनालाई बन्धक बनाइएको थियो।
काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...
जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...