काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले पदबाट राजीनामा दिएका छन्।
भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको सबै मत परिणाम घोषणा भएसँगै प्रधानमन्त्री मोदीले बुधबार दिउँसो नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन्।
उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै सम्पन्न भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणामअनुसार सबैभन्दा ठूलो पार्टी भाजपाबाट नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ।
मोदीको पार्टी भाजपा एक्लैको बहुमत नआए पनि उसले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ।
काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...
काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...
काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...