भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

 

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले पदबाट राजीनामा दिएका छन्।

भारतमा सात चरणमा भएको लोकसभा निर्वाचनको सबै मत परिणाम घोषणा भएसँगै प्रधानमन्त्री मोदीले बुधबार दिउँसो नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष राजीनामा बुझाएका हुन्।

उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। हालै सम्पन्न भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणामअनुसार सबैभन्दा ठूलो पार्टी भाजपाबाट नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने निश्चितप्रायः छ।

मोदीको पार्टी भाजपा एक्लैको बहुमत नआए पनि उसले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ।

सम्बन्धित समाचार

सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
सुनसरी घटनामा गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु
  • २०८१ जेष्ठ २३, १७: ४०

काठमाडौं : सुनसरीको देवानगन्ज गाउँपालिका-३, कप्तानगन्जमा आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको...

सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
सिरहाको गोलबजार र धनुषाको जनकपुरमा कर्फ्यु आदेश जारी
  • २०८१ जेष्ठ २३, १७: ४०

जनकपुरधाम : जनकपुरमा बढ्दो तनाव र स्थिति नियन्त्रणबाहिर जाने जोखिमलाई मध्यनजर गर्दै धनुषा प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।...

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ जेष्ठ २३, १७: ४०

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...