
काठमाडौं। नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी वालयौन दुराचारको अभियोगमा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरिक्षक शिवाकोटीले घरमै सहयोगीको रुपमा रहेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको हो।
यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको उजुरी परेपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई पक्राउ गरेको हो।
शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...