
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारको विदेशस्थित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा शनिबार एक पोष्ट गर्दै उनले सरकारको यस्ता कार्य गर्ने अधिकार नभएको र नियमित कार्य समेत नभएको बताए।
नेता कोइरालाले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् ।
‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झन्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत?’, नेता डा.कोइरालाको प्रश्न छ।
उनले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको जनाएका छन्।
भारतको लोकसभा निर्वाचनबाट पुनः प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएपछि नेपालको मन्त्रिपरिषद्ले भने नेपाली राजदूतलाई फिर्ता वोलाउने निर्णय गरेको थियो।
सरकारले बिहीबार भारत र अमेरिकासहित विभिन्न ११ देश राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...