नयाँदिल्ली। भारतको प्रधानमन्त्रीमा नियुक्त भएका भारतीय जनता पार्टीका नेता तथा लोकसभा सदस्य नरेन्द्र दामोदर मोदीले आइतबार साँझ तेस्रो कार्यकालका लागि शपथ लिएका छन्।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई शपथ गराएकी हुन्।
लोकसभा निर्वाचनमा भाजपाले एकल बहुमत नल्याए पनि मोदी नेतृत्वको नेसनल डेमोक्रेटिक अलायन्सको बहुमत पुगेकाले उनी प्रधानमन्त्री बनेका हुन्। मंगलबार चुनाव मत परिणाम घोषणा भएको थियो।
उनलाई शुक्रबार राष्ट्रपति मुर्मुले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित दक्षिण एसिया विभिन्न मुलुकका राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरू पुगेका छन् । मौरिससका राष्ट्रपति पनि शपथ समारोहमा उपस्थित थिए।
सन् २०१४ र २०१९ को चुनावमा भारतीय जनता पार्टीले एकल बहुमत हासिल गरेपछि मोदी दुई कार्यकाल प्रधानमन्त्री भइसकेका छन्। भारतमा तेश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने मोदी दोश्रो व्यक्ति हुन् । त्यसअघि भारतीय कांग्रेसका नेता जवाहरलाल नेहरु तीन पटक प्रधानमन्त्री भएका थिए।
मोदीले आफ्नो मन्त्रिपरिषद्का महत्वपूर्ण मन्त्रालयहरूमा पुरानै मन्त्रीहरूलाई दोहो¥याएका छन्। भाजपाका प्रभावशाली नेताहरु राजनाथ सिंह, अमित शाह, नीतिन गडकरी, जेपी नड्डा, शिवराजसिंह चौहान, निर्मला सितारमण, एस. जयशंकर, पीयूष गोयल लगायत मन्त्री बनेका छन्।
मोदीले गठबन्धनका मुख्य घटक नीतिश कुमार नेतृत्वको जनता दल युनाइटेड र चन्द्रबाबु नायडू नेतृत्वको तेलगु देशम पार्टीबाट पनि मन्त्री बनाएका छन्।
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...
काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...