काठमाडौं। काठमाडौं महानगरपालिका भित्र पर्ने सार्वजनिक (सरकारी) विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ।
महानगर शिक्षा शाखाअनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको छ।
आइतबार प्रदर्शनीमार्गमा रहेको पद्मोदय मावि, बागबजार अद्धैतमार्गमा रहेको शहीद शुक्र मावि, डिल्लिबजारस्थित पद्मकन्या विद्याश्रम र विजय स्मारक स्कुलले भाडामा दिएका सटरहरु बन्द गरिएको छ।
आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ। महानगरपालिका भित्रका ३७ वटा सार्वजनिक विद्यालयले सटर भाडामा लगाएको शाखाले जनाएको छ।
सटर भाडामा लगाएर विद्यालय सञ्चालन गरिरहेका विद्यालयको अध्ययन गरेर आवश्यक रकम उपलब्ध गराउने तयारी महानगरले गरिरहेको छ।
महानगरले गत असोजदेखि नै विद्यालयले भाडामा लगाएका सटर खाली गराउन सूचित गर्दै आएको थियो। महानगरले त्यस्ता विद्यालयलाई सटर भाडामा लगाउँदा पर्ने आर्थिक भारको विवरण माग्दा पनि बेवास्ता गरेपछि महानगर सटर बन्द गर्न बाध्य भएको महानगरको भनाई छ।
महानगरले विद्यालयका सटर भाडामा लिएर व्यवसाय गरिरहेका व्यापारीहरूलाई एक हप्ताभित्र सामान लिएर जाने समय दिएको छ।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...