खेलकुद महासंघद्वारा क्यान अध्यक्ष चन्दमाथि विभिन्न आरोप लगाउँदै राजीनामा माग – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

खेलकुद महासंघद्वारा क्यान अध्यक्ष चन्दमाथि विभिन्न आरोप लगाउँदै राजीनामा माग

काठमाडौं। नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेको छ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अध्यक्ष चन्द चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई विश्वकपका लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने चिकित्सकलाई टिममा नराखी आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा माग गरेको हो।

अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने उद्देश्यले राति होटेलमा खेलाडीहरूलाई उभ्याएर फोटो खिचाउने गरेको आरोप लगाउँदै महासंघले छानबिनको माग गरेको छ।

महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोबास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको आरोप लगाए।

सो घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै घोषले सन्दीप लामिछाने नेपालका उत्कृष्ट खेलाडी भए पनि नेपालको १५ सदस्यीय टोलीमा नसमेटेको बारेमा छानबिन गर्न मागे।

उनले भने ‘अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ट्याङ आउट स्पोर्ट्स बार, इर्भिङमा खुवाएबापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानुनी रुपमा उठाइएको छ र ८० डलरको गेमको टिकटलाई एक सय ३५ डलर लिएर नेपाली दर्शकलाई ठगिएको छ।’

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाका लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतो विना असम्भव रहेको भन्दै छानबिनको मागसमेत गरिएको छ ।

 

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ जेष्ठ २८, १५: १५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ जेष्ठ २८, १५: १५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ जेष्ठ २८, १५: १५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...