राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग गरी मध्यावधि निर्वाचनको घोषणा – Naya Bikalpa
February 9, 2025, Sunday

राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग गरी मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा गर्ने घोषणा गरेका हुन्।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने निर्णय गरेका हुन्।

म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन्।

राष्ट्रलाई सम्बोधन गर्दै, म्याक्रोनले इयु चुनावमा राष्ट्रिय ¥याली लगायत अतिदक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताए।

उनले भने– ‘दक्षिणपन्थी पार्टीहरूले महादेशमा जताततै प्रगति गरिरहेका छन्। म यो अवस्थासँग सम्बन्धित हुन सक्दिन। त्यसैले मैले तपाईलाई विकल्प दिने निर्णय गरेको छु। म आज राति नेशनल एसेम्बली विघटन गर्छु।’

उनले फ्रान्सेली जनताको उत्कृष्ट विकल्प रोज्न सक्ने क्षमतामा विश्वास पनि व्यक्त गरे।

इयु निर्वाचनमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय ¥याली (आरएन) ले ईयू चुनावमा ३२.३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४.८ देखि १५.२ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्समा पछिल्लो आम निर्वाचन २०२२ मा भएको थियो।

सम्बन्धित समाचार

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ जेष्ठ २८, १५: ४५

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ जेष्ठ २८, १५: ४५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...

धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
धनुषाधाम बन्यो विद्युत चुहावटमुक्त पालिका
  • २०८१ जेष्ठ २८, १५: ४५

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकालाई देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाममा शनिबार आयोजित...