राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग गरी मध्यावधि निर्वाचनको घोषणा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग गरी मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा गर्ने घोषणा गरेका हुन्।

दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने निर्णय गरेका हुन्।

म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताएका छन्।

राष्ट्रलाई सम्बोधन गर्दै, म्याक्रोनले इयु चुनावमा राष्ट्रिय ¥याली लगायत अतिदक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताए।

उनले भने– ‘दक्षिणपन्थी पार्टीहरूले महादेशमा जताततै प्रगति गरिरहेका छन्। म यो अवस्थासँग सम्बन्धित हुन सक्दिन। त्यसैले मैले तपाईलाई विकल्प दिने निर्णय गरेको छु। म आज राति नेशनल एसेम्बली विघटन गर्छु।’

उनले फ्रान्सेली जनताको उत्कृष्ट विकल्प रोज्न सक्ने क्षमतामा विश्वास पनि व्यक्त गरे।

इयु निर्वाचनमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय ¥याली (आरएन) ले ईयू चुनावमा ३२.३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४.८ देखि १५.२ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्समा पछिल्लो आम निर्वाचन २०२२ मा भएको थियो।

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
सुनसरी घटनाबारे प्रचण्डको प्रश्न- गोली चलाउनुपर्ने अवस्था थियो ?
  • २०८१ जेष्ठ २८, १५: ४५

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले अघि बढाएको संविधान संशोधन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८१ जेष्ठ २८, १५: ४५

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८१ जेष्ठ २८, १५: ४५

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...