काठमाडौं। सत्तारुढ घटक नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि दिपक निरौला र निर्मल देउलाबीच भिडन्त हुँदैछ।
सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता गराई मंगलबार दिउँसोदेखि विद्युतीय उपकरणमार्फत मतदान भइरहेको छ।
अध्यक्ष पदका लागि जिल्ला कमिटीका हालका अध्यक्ष निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुँदैछ। उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काबीच प्रतिष्पर्धा भएको छ।
सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ।
अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ। अधिवेशनमा पाँच सय ८५ प्रतिनिधिले भाग लिएका छन्।
अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...