सन्दिप एक हप्ताअघि नै सुटुक्क क्यानडा पठाउन लगाएका थिए चतुरले – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

सन्दिप एक हप्ताअघि नै सुटुक्क क्यानडा पठाउन लगाएका थिए चतुरले

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले एक हप्ताअघि नै सन्दीप लामिछानेलाई सुटुक्क क्यानडा पठाउन लगाएको सूचना वाहिरिएको छ।

नेपाल ट्युब अस्ट्रेलियासँग कुराकानी गर्दै चन्दले सन्दीप क्यानडामा नै बसेर एक हप्तादेखि अभ्यास गरिरहेको जानकारी दिएका हुन्।

‘सन्दीप अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन। टोरन्टोबाट वेस्ट इन्डिजको सेन्टभिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुन्छ। क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन। त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो’ उनले भने।

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो। त्यहाँ उनले नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेको सहयोगमा नियमित अभ्यास गरेको चन्दले जानकारी दिए।

सन्दीपलाई क्यानडा पुगाउन पारस खड्का र विनोद दासलाई जिम्मा दिइएको उनले बताए। ‘विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पु¥याएका हौँ । यसमा हामी सफल भएका छौं ’ उनले भनेका छन्।

सम्बन्धित समाचार

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८१ जेष्ठ २९, १८: २६

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०८१ जेष्ठ २९, १८: २६

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ जेष्ठ २९, १८: २६

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...