
काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका हुन्।
कोहलपुरबाट पूर्व जाँदै गरेको भे १ ख ३०९९ नम्बरको टिप्परले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका–८ का लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु भएको थियो।
आक्रोशित भिडले टिप्पर जलाएर घटनालगत्तै राजमार्ग बन्द गरेको थिए । अहिले टिप्परका मालिकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा ल्याइएको र पीडित पक्षसँग वार्ताको प्रयास भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले जानकारी दिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...