टिप्परको ठक्करबाट विष्टको मृत्यु, सडकमै शव राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

टिप्परको ठक्करबाट विष्टको मृत्यु, सडकमै शव राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका हुन्।

कोहलपुरबाट पूर्व जाँदै गरेको भे १ ख ३०९९ नम्बरको टिप्परले भे १० प १४१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्तीसोनारी गाउँपालिका–८ का लोकेन्द्र विष्टको घटनास्थलमै मृत्यु भएको थियो।

आक्रोशित भिडले टिप्पर जलाएर घटनालगत्तै राजमार्ग बन्द गरेको थिए । अहिले टिप्परका मालिकलाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा ल्याइएको र पीडित पक्षसँग वार्ताको प्रयास भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले जानकारी दिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ ३२, १८: ११

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ ३२, १८: ११

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ जेष्ठ ३२, १८: ११

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...