काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्।
प्रतिनिधिसभामा ६ सिट भएको जनमत पार्टीका अध्यक्ष राउतलाई एमालेका अध्यक्ष ओलीले नै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन प्रस्ताव गरेको स्रोतले बतायो।
प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेला अध्यक्ष ओलीले जनमत अध्यक्ष डा.राउतलाई मन्त्रिमण्डलमा ल्याउन प्रस्ताव गरेका हुन्।
अहिले परराष्ट्रमन्त्री माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। प्रधानमन्त्री दाहाल केही दिनअघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
उन्मुक्तिको ४ सांसद छन्। जनमत र उन्मुक्ति दुवै दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर समर्थन गरेका छन्।
जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ। यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन। सम्भवत बजेट पारित हुनै वित्तिकै प्रधानमन्त्री दाहाल एक्सनमा जाने योजना रहेको बालुवाटार स्रोतले बतायो।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...